विराजको ‘१२ गाउँ– २’ को छायाङ्कन सुरु
काठमाडौँ । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ–२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको अभिनेता विराज भट्टले बताए ।
काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक र चितवनमा छायाङ्कन हुनेछ । फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहितसिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायतको अभिनय रहनेछ ।
सन्तोष सरकारको पटकथा संवाद रहेको फिल्ममा ईस्टनर सिल्वा र शङ्कर महर्जनले एक्सन रहनेछ । खयुग भुसाल, देवेन्द्र बराल र डीपी खनालको संगीत रहने फिल्ममा नृत्य सियोन श्रेष्ठको रहनेछ ।
उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले वितरण गर्ने फिल्म एक्सन र मनोरञ्जनको भरपूर मिश्रण हुने बताइन्छ । उक्त फिल्म ‘१२ गाउँ ’को सिक्वेलको रुपमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण