प्रधान न्यायाधीश सिफारिसमा संविधानको धज्जी उडाइयाे : गगन थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीशको सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरेका छन्।
- उनले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्नका लागि संवैधानिक परिषद् बनाइएको भएपनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको बताए।
- थापाले अव्यवस्थित बस्ती हटाउने नाममा राज्यले क्रूरता र बर्बरता देखाएको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधान न्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्नका लागि संवैधानिक परिषद् बनाइएको भएपनि प्रधान न्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरेका हुन्।
उनले अव्यवस्थित बस्ती हटाउने नाममा राज्यले क्रूरता र बरबरता देखाएको भन्दै आपत्ति जनाए । सभापति थापाले भूमिहीन सुकुमबासीलाई अपराधी जस्तो गरी प्रस्तुत गर्न खोजिएको बताए।
अहिले नेपाली कांग्रेस सङ्घमा प्रतिपक्षीमा रहेकाले राज्यका गलत कार्यहरूमाथि तथ्य र प्रमाणसहित संसद्मा कुरा उठाउनुपर्ने उनले बताए। सभापति थापाले प्रदेश र स्थानीय सरकारमा कांग्रेस नेतृत्वको सरकारलाई सङ्घ सरकारको जस्तो गल्ती गर्ने छुट नरहेको धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण