हुलाकबाट घरमै राहदानी
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी अब हुलाकबाटै सेवाग्राहीको घरमा पुर्याउने भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्देशनअनुसार सम्झौता भएको हुलाक निर्देशनालय सुर्खेतका निर्देशक पाण्डेले जानकारी दिए ।
निर्देशक पाण्डेले सर्तअनुसार हुलाक निर्देशनालय सुर्खेतले जिल्ला प्रशासनले उपलब्ध गराएको राहदानी बढीमा सात दिनभित्र सेवाग्राहीको घरमा पुर्याउनु पर्नेछ । विविध कारणबसः वितरण गर्न नसकेका राहदानी जिल्ला प्रशासन कार्यालयलाई फिर्ता गर्नुपर्ने तथा राहदानी सुरक्षा संवेदनशीलता ध्यानमा राखी सुरक्षित साथ ढुवानी र वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
गृह मन्त्रालय तथा हुलाक सेवा विभागको परिपत्रअनुसार राहदानी सेवा घरदैलोमा उपलब्ध गराउँदा लाग्ने नियमानुसारको हुलाक दस्तुर/महसुल सम्बन्धित सेवाग्राहीबाट असुलउपर गरिने निर्देशक पाण्डेले बताए। उनका अनुसार हुलाक निर्देशनालयले राहदानी वितरणका लागि १०० थान खाममा हुलाक महसुलबापत लाग्ने टिकट टाँस गरी प्रशासनका कार्यालयको राहदानी शाखामा बुझाउनेछ । सम्झौता आजैदेखि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण