मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुवेन्दु अधिकारीले आज पश्चिम बंगालको मुख्यमन्त्रीको शपथ लिँदै

शनिबार, २६ वैशाख २०८३, ०९ : १०
शनिबार, २६ वैशाख २०८३

सारांश

  • भारतीय जनता पार्टीका नेता सुवेन्दु अधिकारीले आज ११ बजे पश्चिम बंगालको मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।
  • कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा आयोजना हुने विशेष समारोहका बिच उनले पद तथा गोपनीयताको शपथ लिनेछन्।
  • यस भव्य समारोहमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का शीर्ष नेताहरू कोलकाता आउँदैछन्।

कोलकाता। पश्चिम बंगालको राजनीतिमा आज एक नयाँ अध्याय थपिँदैछ। भारतीय जनता पार्टीका नेता सुवेन्दु अधिकारीले आज दिउँसो ११ बजे पश्चिम बंगालको मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।

कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा आयोजना हुने विशेष समारोहका बिच उनले पद तथा गोपनीयताको शपथ लिनेछन्। यस भव्य समारोहमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का शीर्ष नेताहरू कोलकाता आउँदैछन्।

यसअघि शुक्रबार कोलकाताको कन्भेन्सन सेन्टरमा बसेको विधायक दलको बैठकले अधिकारीलाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो। बैठकपछि गृहमन्त्री अमित शाहले आधिकारिक रूपमा उनको नाम घोषणा गरेका थिए। नेता चुनिएलगत्तै अधिकारीले लोकभवन पुगेर राज्यपालसँग भेट गरी सरकार बनाउने दाबी पेस गरेका थिए।

शपथ ग्रहण समारोहलाई ऐतिहासिक बनाउन ब्रिगेड परेड ग्राउन्डमा व्यापक तयारी गरिएको छ। सम्भावित वर्षालाई मध्यनजर गर्दै मैदानमा वाटरप्रूफ पालहरू टाँगिएको छ भने सम्पूर्ण पण्डाललाई बंगालको मौलिक कला र संस्कृति झल्किने गरी बंगाल थिममा सजाइएको छ।

 समारोहमा आउने पाहुना र समर्थकहरूका लागि बंगालको प्रसिद्ध मिठाई रसवरी र झालमुडीको विशेष स्टलहरू समेत राखिएको छ। कार्यक्रममा करिब एक लाख मानिस सहभागी हुने अनुमान गरिएको छ।

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप