‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक
सारांश
- फिल्म ‘रोल नं १’को ‘म्याग्दी रुमाले’ बोलको गीत सार्वजनिक भएको छ ।
- यो गीत प्रेम प्रस्ताव र त्यसको जवाफमा आधारित छ, जसमा युवतीले केटाको पारिवारिक अवस्थाबारे पनि सोधपुछ गर्छिन् ।
- जेठ १५ गते प्रदर्शनमा आउने यो फिल्म शैक्षिक प्रणालीको बालमनोविज्ञानमा पर्ने नकारात्मक प्रभावमा आधारित छ ।
काठमाडौँ । फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक गरिएको छ । लोकलयमा तयार गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर, सुष्मा सिग्देलको शब्द र प्रशान्त शिवाकोटीको स.ग्ति छ । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन् ।
गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ । युवतीलाई फकाउन युवकले गर्ने प्रयास तथा युवतीले केटाको पारिवारिक अवस्थाबारे गरेको खोजीनिती गीतमा सुन्न सकिन्छ । लाखौँको प्रेम हतारमा नलगाउन युवतीले गरेको आग्रहसँगै गीत सकिन्छ ।
विनोद न्यौपाने र जुना विश्वकर्मा लगायतको अभिनय रहको गीतमा कोरियोग्राफी मौसम हिमालीको छ । विनोद पौडेलको निर्माण रहेको ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदैछ ।
शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथामा बनेको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिका छ । फिल्ममा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण