ओरेन्ज र पर्पल क्यापको दौडमा ठुलो फेरबदल, रबाडा शीर्ष स्थानमा
सारांश
- आईपीएल २०२६ को ओरेन्ज र पर्पल क्याप तालिकामा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको खेलपछि उतारचढाव आएको छ।
- कागिसो रबाडाले १८ विकेटसहित पर्पल क्यापको शीर्ष स्थान कब्जा गरेका छन्, जबकि शीर्ष तीन ओरेन्ज क्यापमा हेनरिक क्लासेन, अभिषेक शर्मा र केएल राहुल यथावत छन्।
- शुभमन गिल र साई सुदर्शनको उत्कृष्ट प्रदर्शनले क्रमशः चौथो र छैटौं स्थानमा उक्लिएका छन्, र वैभव सूर्यवंशी पाँचौं स्थानमा रहेका छन्।
नयाँ दिल्ली । शनिबार राति सम्पन्न राजस्थान रोयल्स र गुजरात टाइटन्सबिचको खेलपछि आईपीएल २०२६ को ओरेन्ज र पर्पल क्याप तालिकामा निकै उतारचढाव देखिएको छ।
पर्पल क्यापको दौडमा दक्षिण अफ्रिकी बलर कागिसो रबाडाले भुवनेश्वर कुमार र अन्शुल कम्बोजलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेका हुन्।
राजस्थानविरुद्ध दुई विकेट लिएसँगै रबाडाको कुल विकेट संख्या १८ पुगेको छ। यसअघि सन् २०२० मा दिल्ली क्यापिटल्सबाट खेल्दा ३० विकेट लिँदै पर्पल क्याप जितेका उनी पुनः लयमा देखिएका छन्।
पर्पल क्यापको सूचीमा रबाडापछि १७–१७ विकेटका साथ रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार र चेन्नई सुपर किंग्सका अन्शुल कम्बोज दोस्रो र तेस्रो स्थानमा छन्। लखनऊ सुपर जायन्ट्सका प्रिन्स यादव र सनराइजर्स हैदराबादका इशान मलिंगा १६–१६ विकेटका साथ पछ्याइरहेका छन्।
त्यस्तै, राजस्थानविरुद्ध चार विकेट लिएका गुजरातका स्पिनर राशिद खान १५ विकेटसहित छैटौं स्थानमा उक्लिएका छन्। जोफ्रा आर्चरको पनि १५ विकेट नै भए तापनि राम्रो इकोनोमीका कारण राशिद अगाडि रहेका हुन्।
ओरेन्ज क्यापको प्रतिस्पर्धामा भने शीर्ष तीन स्थानमा हेनरिक क्लासेन (४९४), अभिषेक शर्मा (४७५) र केएल राहुल (४६८) यथावत छन्।
तर, गुजरातका कप्तान शुभमन गिलले ४४ बलमा ८४ रनको विष्फोटक इनिङ खेलेपछि उनी ४६२ रनका साथ चौथो स्थानमा उक्लिएका छन्। गिलका ओपनिङ पार्टनर साई सुदर्शनले पनि ५५ रन जोड्दै ४४० रनका साथ छैटौं स्थान सुरक्षित गरेका छन्।
राजस्थानका युवा ब्याटर वैभव सूर्यवंशीले ३६ रनको छोटो तर आक्रामक इनिङ खेल्दै आफ्नो कुल रन ४४० पुर्याएका छन्। रन संख्या बराबर भए पनि ‘सूर्यवंशीले २३६.५५ को स्ट्राइक रेटमा रन बनाएका’ कारण उनी साई सुदर्शनभन्दा एक स्थान माथि अर्थात् पाँचौं नम्बरमा रहेका छन्।
आइतबार हुने डबल हेडर खेलहरूले यी दुवै तालिकामा थप रोचक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण