हान्टाभाइरस प्रभावित क्रुज जहाजका यात्रुको उद्धार सुरु
म्याड्रिड । स्पेनले टेनेरिफनजिक रोकिएको हान्टाभाइर संक्रमित क्रुज जहाज 'एमएस होन्डियस'का यात्रुहरूको उद्धार कार्य सुरु गरेको छ ।
स्पेनी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले उद्धार प्रक्रिया सामान्य रूपमा अगाडि बढिरहेको बताउँदै जहाजमा रहेका सबै यात्रुमा हालसम्म कुनै लक्षण नदेखिएको जानकारी दिएकी छन् ।
जहाजबाट पहिलो समूहका यात्रुलाई सानो डुंगामार्फत किनारातर्फ ल्याइएको थियो ।
उनीहरू सबैले सेतो मेडिकल मास्क लगाएका थिए । किनारामा उनीहरूलाई सेतो सुरक्षात्मक पोसाक लगाएका स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए । यात्रुहरूलाई राष्ट्रियताका आधारमा विभिन्न समूहमा विभाजन गरी क्रमशः किनारामा ल्याइँदै छ । त्यसपछि बसमार्फत स्थानीय विमानस्थल पुर्याइनेछ र चार्टर विमानमार्फत उनीहरूलाई आफ्ना देश फर्काइने योजना छ ।
सुरुमा १४ जना स्पेनी नागरिकलाई जहाजबाट उतारिनेछ । त्यसपछि नेदरल्यान्ड्सद्वारा व्यवस्था गरिएको उडानमार्फत डच, ग्रीक र जर्मन यात्रु तथा केही चालक दलका सदस्यलाई पठाइनेछ । त्यसपछि बेलायत र अमेरिकालगायत अन्य देशतर्फ पनि थप उडान सञ्चालन गरिनेछन् ।
अन्तिम उद्धार उडान सोमबार अस्ट्रेलियातर्फ जाने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण