बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै
गण्डकी । बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ । बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि सङ्घीय बजेटबाट करिब रु ६० लाखको लागतमा मर्मत गर्न लागिएको हो।
बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिए । नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उनले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताए।
पाँच वटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ। यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका-२ का अध्यक्ष शिबबहादुर थापाले बताए। सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्वपूर्ण टेवा पुगिरहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण