मोदीले भने– खपत कम गर्नुस्, किनकि हामीसँग तेलको कुवा छैन
हैदराबाद । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धनको खपत घटाउन र आगामी एक वर्षसम्म सुन खरिद नगर्न आह्वान गरेका छन् ।
हैदराबादमा आइतबार आयोजित भारतीय जनता पार्टीको एक र्यालीलाई सम्बोधन गर्दै मोदीले छिमेकी देशमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोल, डिजेल र ग्यासको मूल्य धेरै गुणा बढेकाले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री मोदीले आजको समयमा पेट्रोल, ग्यास र डिजेलको प्रयोग कम गर्नुपर्नेमा जोडका दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 'भारतमा यो विश्वव्यापी संकटको असर बढी परेको छ, किनकि हामीसँग तेलका ठुला कुवाहरू छैनन्,' मोदीले भने ।
उनले यो संकट सामना गर्न विभिन्न उपायहरू पनि सुझाए । 'आज हामीलाई वर्क फ्रम होमजस्ता उपायहरूको आवश्यकता छ । जुन शहरहरूमा मेट्रो छ, त्यहाँका मानिसहरूले मेट्रोको प्रयोग गरून्,' उनले थपे ।
मोदीले सुन खरिदका विषयमा पनि भने । 'पहिले जब युद्ध हुन्थ्यो, मानिसहरूले सुन दानमा दिन्थे,' उनले अहिले दानको आवश्यकता नरहेको बताउँदै भने, 'आज दानको आवश्यकता छैन तर हामीले आज यो संकल्प लिनु पर्छ कि आगामी १ वर्षसम्म कुनै पनि कार्यक्रम होस्, सुन नकिनौँ ।'
मोदीले सुन खरिदमा कटौती गर्दा देशलाई फाइदा पुग्ने बताए । 'यसबाट विदेशी मुद्रा पनि बच्नेछ,' उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण