युक्रेनी डोनले तेल ट्याङ्कमा लागेपछि लाटभियाका रक्षामन्त्रीले दिए राजीनामा
रिगा । लाट्भियाका रक्षा मन्त्री एन्ड्रिस स्प्रड्सले आइतबार राजीनामा दिएका छन् । रुसतर्फबाट प्रवेश गरेका दुई युक्रेनी ड्रोनले तेल भण्डारण केन्द्रमा लागेपछि उनको राजीनामा आएको हो ।
लाट्भियाकी प्रधानमन्त्री एभिका सिलिनाले आइतबार बिहानै स्प्रुड्सको राजीनामा माग गरेकी थिइन् । उनले ड्रोनविरुद्धको सुरक्षा प्रणाली समयमै परिचालन गर्न नसकिएको भन्दै असन्तुष्टि जनाइन् ।
प्रधानमन्त्री सिलिनाले लाट्भियाली सेनाका कर्नेल राइभिस मेल्निसलाई नयाँ रक्षा मन्त्री नियुक्त गरेकी छिन् । गत बिहीबार रुसको सीमाबाट आएका दुई ड्रोनले लाट्भियाको तेल भण्डारण केन्द्रमा विस्फोट गराएका थिए । त्यसपछि लाटभिया र लिथुआनियाले नेटोसँग बाल्टिक क्षेत्रमा हवाई सुरक्षा प्रणाली थप मजबुत बनाउन आग्रह गरेका थिए ।
युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले आइतबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोष्टमार्फत ती ड्रोन युक्रेनी भएको पुष्टि गरेका छन् । उनका अनुसार रूसले सञ्चालन गरेको इलेक्ट्रोनिक युद्ध प्रणालीका कारण ड्रोनहरू आफ्नो लक्ष्यबाट विचलित भएर लाट्भियातर्फ पुगे । यस घटनापछि युक्रेनले बाल्टिक राष्ट्रहरूको हवाई सुरक्षा सुदृढ बनाउन विशेषज्ञ टोली पठाउने सम्भावना विचार गरिरहेको सिबिहाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण