स्मार्ट टेलिकम घोटाला प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : सांसद खरेल
सारांश
- सांसद जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
- उनले आफूलाई जोडेर आएका समाचारहरू निरर्थक, भ्रामक र घटिया भएको दाबी गर्दै आफू र आफ्नो पार्टीलाई बदनाम गराउने उद्देश्यले यस्ता कुप्रचार गरिएको बताए ।
- खरेलले सञ्चारमन्त्रीको रूपमा रहँदा सो कम्पनीका प्रतिनिधिहरूसँग एक पटक पनि बैठक नबसेको र कुनै फाइल तलमाथि नगरेको स्पष्ट पारे ।
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो संलग्नता रहेको भनी प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने घोषणा गरे ।
सांसद खरेलले आफूलाई जोडेर आएका समाचारहरू भ्रामक भएको जिकिर गर्दै आफू र आफ्नो पार्टीलाई बदनाम गराउने उद्देश्यले यस्ता कुप्रचार गरिएको दाबी गरे । उनले सञ्चारमन्त्रीको रूपमा रहँदा सो कम्पनीका प्रतिनिधिहरूसँग एक पटक पनि बैठक नबसेको स्पष्ट पारे ।
‘यो स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर त्यसमा मलाई जोडेर सुटुक्क स्विजरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक र घटिया छ कि यसलाई सी ग्रेडको पत्रकारिता भन्न पनि सुहाउँदैन,’ खरेलले भने ।
प्रकाशित समाचारले आफ्नो मान-सम्मान, प्रतिष्ठा र समग्र संसदकै अपमान गरेको भन्दै उनले संसद्मा सो विषय रेकर्ड गराउन चाहेको बताए ।
उनले चुनौती दिँदै थपे, ‘स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ वा एउटा फाइल मात्रै तलमाथि गरेको रहेछ भने पनि म सम्पूर्ण राजनीतिक जीवनबाट सधैँका लागि बिदा लिन तयार छु ।’ खरेलले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने गलत मनसायका साथ यस्ता समाचार सम्प्रेषण गरिएको भन्दै त्यसको घोर भर्त्सना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण