बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दहीसँग भुलेर पनि खानु हुन्न यी चिज

सोमबार, २८ वैशाख २०८३, १४ : ३४
सोमबार, २८ वैशाख २०८३

सारांश

  • गर्मीमा चिसो दहीको प्रयोग बढे पनि केही खानेकुरासँग दही खाँदा पेटको स्वास्थ्यमा हानि पुग्न सक्छ ।
  • सुन्तला, भुँइकटहर वा आँप जस्ता अमिला फलफूल, माछा, मांसाहारी, दूध र भुटेको खानेकुरासँग दही खानु स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
  • दही र केही खानेकुराको संयोजनले ग्यास, एसिडिटी, पेट फुल्ने, अपच र छालाको समस्या निम्त्याउन सक्छ ।

काठमाडौं । तापक्रम बढ्दै गइरहेको छ । यो चर्काे गर्मीमा मानिसहरूले चिसो दही र दहीबाट बनेका उत्पादनहरूको उपभोग धेरै गरिरहेका छन् । धेरै मानिस आइसक्रिम र कोल्ड ड्रिंक्सको सट्टा स्वस्थकर विकल्पहरूतर्फ लागेका छन् ।

 दही, मोही र लस्सी बिक्री बढी हुनुको कारण पनि यही हो । दहीमा प्रोबायोटिक्स हुन्छ जसले पाचन सुधार गर्छ र पेटलाई शीतल बनाउँछ । तर के तपाईंलाई थाहा छ ? केही खानेकुराहरूसँग दही खाँदा तपाईंको पेटको स्वास्थ्यलाई फाइदा हुनुको सट्टा हानि पु‍र्याउन सक्छ । आजको यस लेखमा हामी दहीसँग खानै नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौं । 

फलफूलः फलफूलसँग दही खानु एउटा सामान्य बानी बनेको छ । यद्यपि, यो सबैको लागि सही हुँदैन । सुन्तला, भुँइकटहर वा आँप जस्ता अमिला फलफूलहरूसँग दही खाँदा ग्यास, कब्जियत र एसिडिटी हुन सक्छ । दही र फलफूलको पाचन समय फरक हुन्छ, जसले पेट खराब हुन सक्छ । 

माछा र मांसाहारी खानेकुराः दहीसँग माछा वा मांसाहारी खानु पनि अवांछनीय मानिन्छ । आयुर्वेदका अनुसार, यो संयोजनले शरीरमा विषाक्त पदार्थहरू सिर्जना गर्न सक्छ र एलर्जी वा दाग जस्ता छालाको समस्या निम्त्याउन सक्छ । दही र माछा वा मासु नखाने खानाले पनि पाचन प्रक्रिया कमजोर बनाउन सक्छ । 

दूधः दहीसँग दूध पनि खानु हुन्न । दुवै दुग्धजन्य पदार्थ हुन् । तर, यी दुवैलाई सँगै सेवन गर्नाले पेटमा फर्मेन्टेशन बढ्न सक्छ, जसले गर्दा पेट फुल्ने र अपच हुन सक्छ ।

भुटेको खानेकुराः दही र भुटेको खानकुरा पनि खराब संयोजन हो । पराठा, पकोडा वा पुरीसँग धेरै दही खाँदा भारीपन र आलस्य हुन सक्छ । यसले पाचन प्रक्रियालाई ढिलो गर्न सक्छ र ग्यासको समस्या बढाउन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप