भक्तपुरबाट डेढ किलो चाँदी सहित युवक पक्राउ
मङ्गलबार, २९ वैशाख २०८३, १० : ३४
सारांश
- भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीबाट प्रहरीले करिब डेढ किलो चाँदी जस्तो देखिने सेतो धातु सहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई बनेपा बस्ने ३२ वर्षीय राजु स्वेत छन्।
- प्रहरीले मोटरसाइकलमा सवार स्वेतको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको हो, जसको कुनै कागजात आरोपीले देखाउन सकेनन्।
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर काभ्रेको बनेपा बस्दै आएका ३२ वर्षीय राजु स्वेत छन् ।
सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।
नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश–३–०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार थिए । आरोपीले बरामद चाँदीको कुनै कागजात देखाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण