विमानस्थल निर्माणका नाममा भएको रुख कटानको छानबिन गर्न सांसद गेलालकाे माग
सारांश
- सांसद पारसमणि गेलालले उदयपुरको जोगिदहमा प्रस्तावित विमानस्थल निर्माणका क्रममा भएको रुख कटानबारे छानबिनको माग गरेका छन् ।
- उनले १ अर्बको लागतमा बन्ने विमानस्थलका लागि ३ अर्ब बराबरको रुख काटिएको दाबी गर्दै त्यसको आम्दानीबारे प्रश्न उठाए ।
- सांसद गेलालले विकासका काममा ध्यान दिन, भौगोलिक अवस्था हेरेर बजेट वितरण गर्न र अलपत्र योजना पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ । सांसद पारसमणि गेलालले उदयपुरको जोगिदहमा प्रस्तावित विमानस्थल निर्माणका क्रममा भएको रुख कटानबारे छानबिनको माग गरेका छन् ।उनले अर्थसमितिकाे छलफलमा बोल्दै १ अर्बको लागतमा बन्ने विमानस्थलका लागि ३ अर्ब बराबरको रुख काटिएको दाबी गरे ।
साथै त्यसको आम्दानी कहाँ गयो भन्ने प्रश्न उठाए । सांसद गेलालले संसद्मा लुगाको विषयलाई लिएर आलोचना गर्नुभन्दा विकासका काममा ध्यान दिनुपर्ने बताए । उनले आफ्नो क्षेत्रमा २० वर्षदेखि पुल र सडक निर्माण हुन नसकेको गुनासो गरे।
उनले भने, 'कतिपय ठाउँमा आफ्ना मान्छेलाई फाइदा पुग्ने गरी प्लटिङका लागि पुल बनाइएको छ, तर जनतालाई आवश्यक पर्ने गिदेरी खोलाको पुल र मुतिगडा-फतेहपुर सडक अझै बनेको छैन । '
वर्षाको समयमा बाटो र पुल नहुँदा जनताले उपचार समेत नपाउने अवस्था रहेको उनले बताए । सांसद गेलालले आगामी बजेटमा भौगोलिक अवस्था हेरेर सबै ठाउँमा समान रूपले बजेट वितरण गर्न अर्थमन्त्रीसँग माग गरे । उनले नीतिगत भ्रष्टाचार रोक्न र अलपत्र परेका योजनाहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण