नियमानुसार ईभी आयात गर्दै आएको एमएडब्लु समूहको प्रष्टोक्ति
काठमाडौँ । एमएडब्लु समूहले नियमानुसार ईभी आयात गर्दै आएको स्पष्ट पारेको छ ।
समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयमा दर्ता भएको दर्ता भनिएको उजुरी कानुनी आधारविहीन रहेको भन्दै यसले कम्पनीको व्यापार–व्यवसायलाई जानीजानी क्षति पुर्याउने उद्देश्य राखिएको दाबी गरेको छ ।
उजुरीको भरमा मात्र उद्यमी र व्यवसायीलाई दोषी देखाएर प्रचार गर्दा लगानीको वातावरणमा नकारात्मक प्रभाव पर्ने र व्यवसायीको मनोबल घट्ने एमएडब्लुको ठहर छ ।
विशेष गरी विद्युतीय सवारी साधन (ईभी) को आयातका सम्बन्धमा स्पष्ट पार्दै एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.ले फोटोन ब्रान्डका सवारीहरू अन्तर्राष्ट्रिय मान्यताअनुसार सही 'एचएस कोड' मा घोषणा गरी भन्सार जाँचपास गराउँदै आएको जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा महालेखा परीक्षकको कार्यालयले फरक एचएस कोडमा वर्गीकरण गरी बेरुजु उठाएको भए पनि त्यो प्रशासनिक बेरुजु मात्र भएको र त्यसलाई भन्सार छली वा फौजदारी अपराधका रूपमा व्याख्या गरिनु सर्वथा अनुचित रहेको कम्पनीको भनाइ छ ।
यस विषयमा कम्पनीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिसकेको र अदालतले भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न 'स्टे अर्डर' जारी गरिसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।
अदालतमा मुद्दा विचारधिन रहेकै अवस्थामा गम्भीर फौजदारी आरोप लगाउनु न्यायिक प्रक्रियामाथिको हस्तक्षेप भएको कम्पनीले जनाएको छ । यस्तो बेरुजुको समस्या एमएडब्लुमा मात्र सीमित नभई समग्र अटोमोबाइल आयातकर्ता उद्योगले भोगिरहेको साझा समस्या भएको समेत प्रष्ट पारिएको छ ।
त्यस्तै, मोरङ अटो वर्क्सका सम्बन्धमा लगाइएको भ्याट छलीको आरोपलाई पनि कम्पनीले खण्डन गरेको छ । वि.सं. २०६७ को प्रतिवेदनसँग जोडिएको उक्त विषयमा आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले निर्धारण गरेको सम्पूर्ण कर, ब्याज र जरिवाना तिरिसकिएको र कुनै पनि आर्थिक दायित्व बाँकी नरहेको समूहले स्पष्ट पारेको छ ।
कम्पनी बन्द भइसकेको भन्ने दाबीलाई पनि पूर्णतः असत्य भन्दै मोरङ अटो वर्क्स हाल पनि सञ्चालनमै रहेको जानकारी दिइएको छ ।
नेपालको प्रचलित कानुन र नियामक निकायको परिधिभित्र रहेर कारोबार गरिरहेको दाबी गर्दै एमएडब्लु समूहले आफू नेपालको सर्वाधिक कर तिर्ने कम्पनीमध्येको एक भएको स्मरण गराएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा मात्र राज्यलाई ११.५ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको र देशभर ५ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको तथ्याङ्क प्रस्तुत गरेको छ । स्थापनाकालदेखि नै नेपालको यातायात क्षेत्रलाई आधुनिकीकरण गर्न र गुणस्तरीय सवारी साधन उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको समेत समूहले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण