देशभर युवा सञ्जाल गठन गर्दै मिराज
चितवन । युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्न मिराज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तीव्र बनाइएको छ ।
युवाकेन्द्रित राजनीतिक अभियानअन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको ढुंगानाले बताए ।
अभियानका अभियन्ताहरूका अनुसार अहिलेको आवश्यकता युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्नु हो । यही उद्देश्यअनुसार विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडको कार्य जारी रहेको उनको भनाइ थियो ।
यसै क्रममा चितवन अध्यायको जिम्मेवारीसमेत औपचारिक रूपमा घोषणा गरिएको छ । चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन मंगलबार बिशु गुरुङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने बिकल घताने र यान्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको ढुंगानाले बताए ।
युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले देशभर नयाँ राजनीतिक बहस र युवामाझ नयाँ उत्साह सिर्जना गर्ने अभियानकर्ताहरूले अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण