मनमैजुमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ
सारांश
- काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुस्थित एक डेरा कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
- वैशाख २६ गते राति प्रेम तामाङको कोठामा जुवा खेल भइरहेको सूचना पाएपछि प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले खानतलासी गर्दा जुवाको खालबाट नगद ४ लाख ४ हजार रुपैयाँ, ७ बुक तास र १७ वटा कौडा बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुस्थित एक डेरा कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
गत वैशाख २६ गते राति स्थानीय प्रेम तामाङको कोठामा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले खानतलासी गर्दा जुवाको खालबाट नगद ४ लाख ४ हजार रुपैयाँ, ७ बुक तास र १७ वटा कौडा बरामद गरेको छ। पक्राउ पर्नेहरुमा ३५ वर्षीय कोठा धनी प्रेम तामाङ, ४५ वर्षीय भोला खत्री, ६२ वर्षीय अच्युत जोशी, ५२ वर्षीय दिपेश खड्की, ४८ वर्षीय दिलिप लामा र ६९ वर्षीय पेम्बा लामा रहेका छन्।
त्यसैगरी ३९ वर्षीय प्रेम बहादुर लामा, ४९ वर्षीय पुरुषोत्तम थापा, ३३ वर्षीय राजन प्याकुरेल, ४२ वर्षीय श्याम कृष्ण चालिसे, ४९ वर्षीय सोम राज लामा, ३६ वर्षीय बुद्ध लामा र ४८ वर्षीय केशब प्रसाद प पनि प्रहरी नियन्त्रणमा परेका छन्।
पक्राउ पर्ने अन्य व्यक्तिहरुमा ४३ वर्षीय राम शंकर पराजुली, ४० वर्षीय शंखबज्र लामा, ४४ वर्षीय धर्म सिंह तामाङ र ३५ वर्षीय श्याम हरी श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले बताए। पक्राउ परेका सबैजनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी राखिएको बुढाथोकीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण