सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु
मङ्गलबार, २९ वैशाख २०८३, २१ : ३७
जुम्ला । सिँजा गाउँपालिकामा निर्माणाधीन भवनबाट खसेर एक कामदारको मृत्यु भएको छ ।
मंगलबार चौथो तलामा फार्मा खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका–३ का ४२ वर्षीय खिरबहादुर शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनापछि सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा हिमा गाउँपालिका–५ को भुगाओल पाटा क्षेत्रमा उनको निधन भएको थियो ।
उद्धारका क्रममा शाहीको टाउकोमा गम्भीर चोट लागेको तथा हात–खुट्टा भाँचिएको अवस्थामा फेला पारिएको थियो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण