भिआइपी धम्क्याएको घटनामा क्यानका पूर्व महानिर्देशकलाई ५ वटा मुद्दा
सारांश
- नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार प्रमुखसहित उच्च प्रोफाइललाई धम्क्याएको घटनामा ५ कसुरमा मुद्दा दायर गरिएको छ ।
- यस घटनामा अख्तियार प्रमुख प्रेम राई, प्रकाश पाठक र तारा प्रसाद खरेलाई पनि प्रतिवादी बनाइएको छ ।
- प्रहरीको अनुसन्धान अनुसार, प्रदीप अधिकारीले अख्तियार प्रमुखविरुद्ध आपराधिक गिरोह परिचालन गरेको निष्कर्ष छ ।
काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाई प्रोफाइललाई धम्क्याएको घटनामा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई ५ वटा कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा मंगलबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दामा कारागार कार्यालय डिल्लीबजारमा रहेका अधिकारी विरुद्ध आपराधिक षडयन्त्र गर्न नहुने कसुर, आपराधिक लाभ लिन लगाउन नहुने कसुर, हुण्डी कारोबार गर्न नहुने कसुर, संगठित अपराध, र एकीकृत कसुरमा सजाय गर्न मागदाबी लिइएको छ । सो घटनामा प्रेम राई र पूर्व उच्च पदस्थहरूलाई सामाजिक सञ्जालमार्फत धम्क्याउने प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ घर भएका ५६ वर्षीय तारा प्रसाद खरेलाई पनि प्रतिवादी कायम गरिएको छ ।
घटनाबारे लामो अनुसन्धान गरेर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने, ‘हामीले शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएका थियौं, आज सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो ।’
प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरेको थियो । पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकलाई फिलिपिन्समा पक्राउ गरेर २०८२ माघ २८ मा नेपाल ल्याएर प्रहरीले अनुसन्धान गरेको थियो । पाठक विरुद्ध ६ वटा मुद्दामा सजाय हुन मागदाबी लिइएको छ ।
अनुसन्धान अधिकृतहरूसँगको बयानमा पाठकले प्रदिप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला ती मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुख विरुद्ध आपराधिक ‘गिरोह’ परिचालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अधिकारीसँग आफूले २ करोड नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण