अपडेट
पार्टी स्थापना दिवसका दिन प्रथम राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको घोषणा
बुधबार, ३० वैशाख २०८३, १० : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना दिवसको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
- पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपा घोषणा गरेका थिए ।
- पार्टीले स्थापनाको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ लाख ३० हजार लोकप्रिय मत सहित २१ सिट जितेको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको दिनको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले अगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपा घोषणा गरेका थिए ।
स्थापना कालमा रविले आफ्नै नेतृत्वमा २१ जना केन्द्रीय समिति घोषणा गरेका थिए । पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३० हजार लोकप्रिय मत सहित २१ सिट जितेको थियो ।
पार्टी स्थापना भएको चार वर्ष पुरा नहुँदै गत फागुनमा २१ मा भएको निर्वाचनमा ५१ लाखभन्दा बढी लोकप्रिय मत सहित दुई तिहाइ नजिक अर्थात् १८२ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण