ज्याकाराण्डाको मोहनी : तस्बिर र भिडियो खिच्नेको घुइँचो
सारांश
- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ज्याकाराण्डा फूल फुलेर राजधानीको सौन्दर्यमा निखार ल्याएको छ।
- ललितपुरको थसिखेल र महालक्ष्मीस्थान क्षेत्रमा ज्याकाराण्डाका फूल हेर्न, तस्बिर र भिडियो खिच्न मानिसहरूको भीड लाग्ने गरेको छ।
- सामाजिक सञ्जालमा ज्याकाराण्डा फूलका दृश्यहरू भाइरल भइरहेका छन् जसले उपत्यकाको वातावरण रोमान्टिक देखिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान यतिबेला ज्याकाराण्डा फूलले ढकमक्क ढाकिएका छन्।
वसन्त ऋतुको आगमनसँगै फुलेका बैजनी रङका यी आकर्षक फूलले राजधानीको सौन्दर्यमा थप निखार ल्याइदिएका छन्। विशेषगरी ललितपुरको थसिखेल र महालक्ष्मीस्थान क्षेत्रमा ज्याकाराण्डाका फूलहरू ढकमक्क फुलेका छन्।

यी मनमोहक फूलहरू हेर्न, तस्बिर खिच्न र भिडियो बनाउन यतिबेला मानिसहरूको ठुलो भीड लाग्ने गरेको छ। युवायुवतीदेखि परिवारसहित घुम्न निस्किएका मानिसहरू सडक किनारमा बैजनी रङमा सजिएका रुखमुनि बसेर फोटो खिच्न व्यस्त देखिन्छन्।

ज्याकाराण्डाको सुन्दरताले गर्दा यो क्षेत्र यतिबेला पर्यटकीय गन्तव्य जस्तै बनेको छ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा समेत थासिखेल र महालक्ष्मीस्थान क्षेत्रका ज्याकाराण्डा फूलका दृश्यहरू व्यापक रूपमा भाइरल भइरहेका छन्। सडकभरी झरेका बैजनी फूलका पत्रदल र रुखमा झुप्पा परेर फुलेका फूलहरूले गर्दा उपत्यकाको वातावरण नै रोमान्टिक र आकर्षक देखिएको छ।

हरेक वर्ष वसन्त ऋतुमा फुल्ने यो फूलले काठमाडौंको सहरी व्यस्तताका बिच प्रकृतिसँग रमाउने अवसर जुराइदिएको छ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण