अध्यक्षका उम्मेदवार केसीले सार्वजनिक गरे प्रतिबद्धता पत्र
काठमाडाैँ । आइतबार आयोजना हुने नेपाल चलचित्र कलाकार सङ्घको २१औँ चुनावी अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार बनेका कलाकार उत्तम केसीले टिम सहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिबार अनामनगरको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै ‘एकता, सम्मान र अधिकार – कलाकारको भविष्य, हाम्रो जिम्मेवारी !’ मूल नारासहितको प्रतिबद्धता–पत्रमा सार्वजनिक गरेका हुन् ।
उनको प्रतिबद्धता पत्रमा कलाकारको हक–हित, श्रमको सम्मान, संस्थागत सुशासन र चलचित्र क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखिएको छ ।
प्रतिबद्धता पत्रमा केसीले नेपाली चलचित्र उद्योगलाई केवल मनोरञ्जनको माध्यम नभई कलाकार, प्राविधिक, निर्माता, निर्देशक, पत्रकार, वितरक तथा सांस्कृतिक संरचनाको साझा आधारका रूपमा व्याख्या गर्दै दीर्घकालीन सुधारका लागि स्पष्ट योजना अघि सारेका छन् ।
जसमा हरेक कलाकारका लागि न्यूनतम पारिश्रमिक मापदण्ड निर्धारण, लिखित करार प्रणाली अनिवार्य बनाउने, श्रम शोषण अन्त्य गर्ने, सुरक्षित कार्य वातावरण, बीमा तथा श्रम अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै स्वास्थ्य बीमा, दुर्घटना सहायता, राहत कोष, ज्येष्ठ कलाकारका लागि मासिक सहयोग तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउने, नयाँ पुस्ताका कलाकारका लागि तालिम, कार्यशाला, अडिसन प्लेटफर्म तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
महिला, आदिवासी, जनजाति, दलित, मधेसी लगायत सबै समुदायका कलाकारको समान र सम्मानजनक सहभागिता सुनिश्चित, सदस्यता प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गर्ने, वास्तविक कलाकारको पहिचान सुनिश्चित गर्ने तथा सङ्घको आर्थिक गतिविधि नियमित अडिट र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शी बनाइने, संघलाई कुनै पनि स्वार्थ समूह वा सिण्डिकेटको प्रभावबाट मुक्त राख्दै कलाकारको साझा संस्था बनाइनेछ।
चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य सङ्घ–संस्था, सरकार तथा अन्तर्राष्ट्रिय चलचित्र सङ्गठनसँग सहकार्य विस्तार गर्ने, कलाकारहरूको बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्ने, ओटीटी तथा डिजिटल प्लेटफर्ममा कलाकारको पहुँच र अवसर सुनिश्चित गर्ने विषयलाई पनि प्रतिबद्धता पत्रमा विशेष प्राथमिकता दिइएको छ ।
त्यसैगरी चलचित्र इतिहासको संरक्षण, कलाकारहरूको डिजिटल डेटा बैंक निर्माण, कानुनी परामर्श सेवा, मानसिक स्वास्थ्य परामर्श, आपतकालीन राहत संयन्त्र तथा प्रदेश र स्थानीय तहसम्म सङ्घको संरचना विस्तार गर्ने योजना समेत पत्रमा रहेको छ।
केसीको टिममा उपाध्यक्ष शिवहरी बैरागी, उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल,कोशाध्यक्ष तेजुला खतिवडा,सचिव गोपाल ढकाल रहेका छन्।
महाधिवेशनमा केसी प्यानलसँग प्रतिस्पर्धा गर्न सबिन श्रेष्ठ अध्यक्ष रहने गरेर अर्को प्यानल पनि खडा भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण