ललितपुरमा ‘आरोग्य संवाद’ हुँदै
काठमाडौँ । नेपाललाई विश्वमै आरोग्य अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले आगामी जेठ ४ गते ललितपुरमा ‘आरोग्य संवाद’ कार्यक्रम आयोजना हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
संयुक्त राष्ट्र सङ्घले नेपालको प्रस्तावमा प्रत्येक वर्ष अप्रिल १५ लाई ’आरोग्य दिवस’ का रूपमा मनाउने घोषणा गरिसकेको छ। सोही पृष्ठभूमिमा नेपाल सरकारले सन् २०२७ लाई ’नेपाल आरोग्य वर्ष’का रूपमा मनाउने निर्णय गरेको छ । सोही ऐतिहासिक वर्षको पूर्वतयारी स्वरूप यो विशेष संवाद कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘आरोग्य संवाद: आरोग्य वर्ष सन् २०२७ पूर्व तयारी विमर्श’ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ’गनेस’ को प्रमुख आतिथ्यता रहनेछ ।
नेपाल सरकारले ‘आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५)’ र कार्ययोजना (सन् २०२६–२०३०) लाई स्वीकृत गरी कार्यान्वयनको चरणमा लगिसकेको छ। यसै सन्दर्भमा सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य तथा पर्यटन क्षेत्रका विज्ञहरू र नीति निर्माताहरूबिच साझा बुझाइ र सहकार्य निर्माण गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने यो कार्यक्रम आगामी सोमबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन र नेपाललाई विश्वव्यापी आरोग्य गन्तव्य बनाउने मार्गचित्रमाथि सो संवादमा विस्तृत छलफल हुने जीवन विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण