सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाटबजार सञ्चालन
भक्तपुर । ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नम्बर ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ ।
सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन् ।
स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरी नगरपालिकाले घुम्ती हाटबजार सञ्चालन गरेको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए।
उनले भने, “सूर्यविनायक नगरपालिकाले यसअघि वडा नं २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाटबजार गत साता वडा नं ४ को दक्षिण बाराहीमा र आज गुण्डुमा सञ्चालन गरेको छ, आउँदो शनिबार वडा नं ९ चित्तपोलमा र त्यसपछि वडा नं ८ को सिपाडोलमा सञ्चालन गरी पहिलो चरणको घुम्ती हाटबजार सम्पन्न गरिने छ ।”
हाटबजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिनेगरी सञ्चालन भएको हाटबजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो । स्टलमा स्थानीय उत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरू, कृषिको बीउबिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका विभिन्न परिकार राखिएको थियो ।
वडावासीले मात्रै नभई नगरपालिकाभित्रका विभिन्न ठाउँबाट आएका उपभोक्तालाई व्यवसायीहरूले आज एकै दिन पाँच लाखभन्दा बढीको सामान बिक्री गरेको र सबैले हाटबजारलाई हरेक साता निरन्तरता दिनुपर्ने माग गरेको वडाध्यक्ष एवं प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।
नगरपालिकाले हाटबजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाटबजार सञ्चालन कार्यविधि स्वीकृत गरी सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समीक्षा गरी वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्नेगरी तयारी गरेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण