प्रदेश सरकारबारे प्रचण्ड : सर्वदलीय भए सहभागी, नभए कांग्रेस-एमालेले नै चलाउन्
सारांश
- नेकपा संयोजक प्रचण्डले प्रदेश सरकारहरू सर्वदलीय सहमतिमा पुनर्गठन नभए सरकारमा जान हतारो नभएको बताएका छन् ।
- उनले कांग्रेस र एमालेसँग मिलेर सरकार बनाउने वा एकलाई बाहिर राखेर अर्कोसँग मिल्ने नीति गलत हुने बताए ।
- प्रचण्डले प्रदेश सभामा प्रतिनिधित्व भएका दलहरूको सर्वदलीय सरकार बनेमा सहमति जनाउने, नभए एमाले-कांग्रेसले चलाइरहेको सरकारलाई निरन्तरता दिन सकिने बताए ।
सुर्खेत । प्रदेश सरकारहरू फेरबदलको विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वदलीय सहमतिको कुरा अघि सारेको छ ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन नभए आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताए ।
‘प्रमुख पार्टीहरूले अब प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो, आइरहेको पनि छ,’ उनले भने, ‘हिजो पूर्णबहादुर खड्कासँग पनि एकछिन भेट भएको थियो ।’
तर नेकपाको संयोजकको हैसियतले आफूले त्यसलाई इन्कार गरेको उनले बताए ।
हिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नभएको पनि प्रचण्डले प्रस्ट पारे ।
उनले अगाडि भने, ‘त्यसले फेरि जनतामा भ्रम मात्रै सिर्जना गर्छ, अरूहरूलाई मद्दत पुर्याउन सक्छ । त्यसकारण अहिले कांग्रेसलाई बाहिर पठाएर एमालेसँग मात्रै मिलेर सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेससँग मिलेर सरकार बनाउने नीति आजको परिस्थितिमा गलत छ भनेर हामीले इन्कार गरेका छौँ ।’
यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउने कुरामा चाहिँ आफ्नो सहमति रहने उनले बताए ।
त्यसो गरे देशमा लोकतन्त्र, गणतन्त्रका पक्षधर तथा हिजोको शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिँदा जनतालाई पनि एउटा ढाडस र राहत मिल्ने प्रचण्डको भनाइ छ ।
त्यसो गरे प्रदेश सरकार पनि तुलनात्मक रूपले राम्रो चल्न अपेक्षा उनले गरे ।
‘यही कारण प्रदेश सभामा प्रतिनिधित्व भएका दलहरूको सर्वदलीय सरकार बनाउने हो भने हामी सहमत छौँ,’ उनले थपे, ‘होइन भने अहिले जसरी एमाले-कांग्रेसले जसरी चलाएका छन् चलाउन् ।’
को छ, चलाउनुस् हामीलाई चाहिएको छैन भनेका छौँ । हामीलाई सरकार चाहियो भनेर हामीलाई कुनै हतारो छैन ।’
अबको केही दिनमै सर्वदलीय सरकार बन्छ कि यिनै सरकार अगाडि बढ्छन् भन्ने कुरा देखिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण