आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

आजदेखि टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु

आइतबार, ०३ जेठ २०८३, १४ : ०३
आइतबार, ०३ जेठ २०८३

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ । 

कम्पनीले जेठ १ गतेदेखि ३ गतेसम्म देशभर रहेका टाटा मोटर्सका शोरुममार्फत उक्त क्याम्प आयोजना गरेको जनाएको छ ।

ग्राहकलाई आधुनिक, सुरक्षित तथा विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस विशेष एक्सचेन्ज क्याम्पमा विभिन्न आकर्षक सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस अवसरमा टाटा मोटर्सका लोकप्रिय विद्युतीय (ईभी) तथा आइसिई सेगमेन्टका विभिन्न मोडल उपलब्ध हुनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

एक्सचेन्ज मूल्यांकन सुविधा सिप्रदी एस्योर्ड प्रालिले प्रदान गर्नेछ । कम्पनीले देशभर रहेका टाटा मोटर्सका शोरुममा पुगेर यस अवसरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप