वार्षिक १७ अर्ब डलर बराबर अमेरिकी कृषि उत्पादन किन्दै चीन
सारांश
- चीनले सन् २०२६, २०२७ र २०२८ मा हरेक वर्ष कम्तीमा १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।
- यो प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तामा भएको हो ।
- चीनले अमेरिकी कृषि वस्तुमाथिको निर्भरता घटाउँदै लगेको छ र यसअघिको सोयाबिन खरिद सम्झौता यस १७ अर्ब डलरमा समावेश छैन ।
बेइजिङ । चीनले सन २०२६, २०२७ र २०२८ मा हरेक वर्ष कम्तीमा १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ । ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको एक विवरणमा यस्तो जानकारी दिइएको हो । यो प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत साता भएको भेटवार्ताका क्रममा गरिएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार उक्त १७ अर्ब डलरको प्रतिबद्धतामा चीनले अक्टोबर २०२५ मा गरेको सोयाबिन खरिद सम्झौता समावेश गरिएको छैन । गत वर्ष दुवै देशबीच प्रतिशोधात्मक ट्यारिफका कारण अमेरिकी कृषि उत्पादनको चीनतर्फको निर्यातमा ठूलो कमी आएको थियो । अमेकिी कृषि मन्त्रालयका तथ्यांकअनुसार सन २०२५ मा चीनतर्फको अमेरिकी कृषि निर्यात ६५ दशमलव ७ प्रतिशतले घटेर ८ अर्ब ४० करोड डलरमा सीमित भएको थियो ।
चीनले ट्रम्पको पहिलो कार्यकालपछि अमेरिकी कृषि वस्तुमाथिको निर्भरता उल्लेखनीय रूपमा घटाएको छ । सन २०१६ मा चीनले आयात गर्ने भटमासमध्ये करिब ४१ प्रतिशत अमेरिका बाट आउने गरेकोमा सन २०२४ सम्म आइपुग्दा यो हिस्सा घटेर करिब २० प्रतिशतमा पुगेको थियो । यसैबीच, चीनले अमेरिकी नियामक निकायहरूसँग सहकार्य गरेर अमेरिकी गाईको मासु उत्पादन गर्ने केही प्रतिष्ठानमाथिको निलम्बन हटाउने र बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) मुक्त मानिएका अमेरिकी राज्यहरूबाट कुखुराजन्य उत्पादन पुनः आयात गर्ने विषयमा पनि काम गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण