पहिरोले मध्यपहाडी लोकमार्गमा अवरुद्ध
सोमबार, ०४ जेठ २०८३, १३ : ३२
सारांश
- बेमौसमी वर्षाका कारण लमजुङको मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
- मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङमा बिहान पहिरो खसेपछि यातायात ठप्प भएको छ ।
- प्रहरीले यात्रुहरूलाई सडक तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
लमजुङ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
आज बिहान करिब ७ः२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
अवरुद्ध भएका सडक तथा राजमार्गमा सवारी गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण