बाघको आक्रमणबाट वन हेरालु घाइते
सोमबार, ०४ जेठ २०८३, १९ : ५६
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा साेमबार पाटेबाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।
जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएको जानकारी दिए।
“घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ”, उनले भने, “वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।” वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण