जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी बागलुङमा मोबाइल चोरी गर्दा पुनः पक्राउ
सारांश
- कास्की कारागारबाट फरार भएका सुरेश बोहोरा बागलुङमा मोबाइल चोरी गर्दा पुनः पक्राउ परेका छन्।
- बोहोरालाई नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
- फरार रहेका बोहोराले शिवधाराचोकस्थित एक पसलबाट मोबाइल चोरी गरेको कसूरमा प्रहरीले पक्राउ गरेको हो।
बागलुङ । कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा मोबाइल चोरी गरेको अभियोगमा पुनः पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षका मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन्। उनी जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका थिए।
बोहोरालाई बागलुङ जिल्ला अदालतको २०८० साल जेठ २ गतेको आदेशले नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो। सोही फैसला बमोजिम कारागार कार्यालय कास्कीमा थुनामा रहेका उनी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार फरार रहेका बोहोराले मिति गत जेठ १ गते दिउँसोको समयमा बागलुङ नगरपालिका वडा नम्बर २ शिवधाराचोकस्थित खड्क बहादुर खत्रीको पसलबाटको मोबाइल चोरी गरेर भागेका थिए। मोबाइल चोरी गरेर भागेको सोही कसूरमा प्रहरीले उनलाई पुनः पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका बोहोरामाथि चोरी कसूरमा बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अहिले थप अनुसन्धान कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण