एनसेल फाउन्डेसनले १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने
सारांश
- एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ को लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
- सातै प्रदेशमा लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा योग्य विद्यार्थी छनोट गरिनेछ, जसले आर्थिक सहयोग आवश्यक पर्ने जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिनेछ ।
- छात्रवृत्ति पाउने विद्यार्थीले १२ महिनासम्म निःशुल्क सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् ।
काठमाडौँ । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।
यस सहकार्य अन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तर्वार्ताका आधारमा योग्य विद्यार्थी छनोट गरी प्रदान गरिनेछ ।
यस पहलले देशका हरेक कुनाका विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने जेहेन्दार विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ । यसका अतिरिक्त छात्रवृत्ति पाउने विद्यार्थीहरूले एनसेलका तर्फबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, नयाँ अवसर र आफ्ना आकाङ्क्षाहरूसँग निरन्तर जोडिन प्राविधिक सहयोग पुर्याउनेछ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले संस्थाको उद्देश्यबारे प्रकाश पार्दै भनिन्, ‘एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हो भन्नेमा विश्वास राख्छौँ । प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौँ । भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो । प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीहरूसम्म पुगिरहेका छौँ, जसमा क्षमता छ तर अवसरको अभाव छ । यस पहलमार्फत हामी सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुर्याइरहेका छौँ ।’
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि यो वर्ष थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । यो कार्यक्रम सन् २०१७ देखि निरन्तर सञ्चालनमा रहेको छ र यसले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ ।
गत वर्ष पनि यस कार्यक्रम अन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती विद्यार्थीहरू अहिले देशका विभिन्न शैक्षिक संस्थाहरूमा कक्षा १२ मा अध्ययन गर्दै आ–आफ्ना शैक्षिक आकाङ्क्षाहरूलाई पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण