बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
पदभार ग्रहण

प्रधान न्यायाधीश शर्माकाे पदभार ग्रहणमा उपस्थित भइनन् न्यायाधीश मल्ल

मङ्गलबार, ०५ जेठ २०८३, २० : ३५
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको पदभार ग्रहणमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित भइन्।
  • प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर असन्तुष्ट रहेकी न्यायाधीश मल्लले स्वागत कार्यक्रममा सहभागी नभई आफ्नो असन्तुष्टि जनाएकी हुन्।
  • वरिष्ठताका आधारमा न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई स्वागत गरे।

काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको पदभार ग्रहणमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित भएकी छिन्।

प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर असन्तुष्ट रहेकी न्यायाधीश मल्ल मङ्गलबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश शर्मालाई स्वागत गर्ने कार्यक्रममा सहभागी नभएकी हुन् । 

न्यायाधीश प्रधान उपस्थित नभएपछि वरिष्ठताका आधारमा कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई फुलमाला पहिरिएर स्वागतसँगै अङ्कमाल गरे।

केही दिन यता सर्वोच्चमा संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसको विरुद्ध परेको रिटमा दरपीठ भएपछि सो दरपीठ निवेदन उपर निवेदन सर्वोच्च अदालत प्रशासनले होल्डमा राखिदिएपछि सोमबार सतहमा देखिने गरी कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले सर्वोच्च प्रशासनलाई लिखित आदेश दिँदै निवेदन दर्ता गर्न भनेकी थिइन्।

उनले लिखित आदेशमा शर्माको निर्देशनमा न्याय सम्पादनमा अवरोध भएको र सोही अनुसार निवेदन दर्ता नभएको आदेशमा उल्लेख गरेकी थिइन्। कार्यसम्पादन मूल्याङ्कनका आधारमा संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप