चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
बाजुरा । हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए । आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
घाइते भएकामध्ये चार जनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी निजी कम्पनीको हेलिकप्टरमार्फत घाइतेको उद्धार गरिएको हो ।
आक्रमणमा परी घाइते भएका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । यसअघि यही जेठ ३ गते उक्त पनि दुवै पक्षबीच विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण