नमूना कार्यक्रमकाअन्तर्गत उद्यानमा मौरीपालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नमूना कार्यक्रमअन्तर्गत विभिन्न आठ उद्यानमा मौरीपालन कार्यक्रम गर्ने भएको छ।
करिब रु नौ लाखको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर उद्यानमा राखिने महानगरपालिकाका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । यो जातका मौरी उच्च पहाडी, मध्यपहाडी र तराई क्षेत्रमा पाइन्छन्। यी मौरीले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका उनले जानकारी दिए।
यी मौरीका घारहरू महानगरपालिकाले नमूना कार्यक्रमका रूपमा राखेको होे । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुने छन् । कार्यक्रमको पहिलो चरणमा शङ्खधर उद्यान (रत्नपार्क) मा २ घार, वडा नं ३ को रानीबारी सामुदायिक वनभित्र चार घार, वडा नं १६ को बालाजु बाइसधारा उद्यानभित्र पाँच घार, सोही वडाको गुरुनानक उद्यानमा दुई घार, वडा नं ४ को शङ्खपार्कमा दुई घार तथा वडा नं ६ को लाखेपोखरी उद्यानमा दुई घार मौरी राखिएका छन्।
यस्तै वडा नं १४ को भुवनेश्वरी उद्यानमा चार घार र वडा नं ३२ को मदन भण्डारी उद्यानमा दुई घार राखिएका श्रेष्ठले जानकारी दिए। इन्जिनियर श्रेष्ठले भने, “एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन् । योभन्दा धेरै सङ्ख्यामा माहुरी भए भने छुट्टै रानीमौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको सङ्ख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ ।”
घारको सुरक्षाका लागि फलामे बार राखिएको उल्लेख गर्दै इन्जिनियर श्रेष्ठले उद्यानमा रैथाने बिरुवा र फूल रोप्ने कामलाई बढाउने, बिरुवामा प्राकृतिक मल राख्ने, बिरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादीको प्रयोग रोक्ने योजना रहेको बताए।
वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इन्जिनियरका रूपमा लिइन्छ। मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै सङ्कटमा पर्न सक्छन्। फुलहरूको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ।
एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाको प्रजनन प्रक्रियामा मौरीको ठूलो भूमिका हुन्छ। वनस्पतिहरूको विविधता कायम राख्न मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि वासस्थान र आहारा सुनिश्चित हुन्छ। मौरीको गुणको उपयोग गरेर कामपाले जैविक विविधता पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण