मन जितिरहेको ‘झ्याम पारम’, अमेरिकाका विभिन्न सहरमा ‘मालती मंगले’
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रकु पाण्डेय निर्देशित फिल्मले सन्तोषजनक कमाइ गरिरहेको छ । फिल्मका सबैजसो गीतले भने दर्शक-श्रोताको मन अझ बढी जितिरहेका छन् ।
रामकृष्ण ढकाल र मेलिना राईले गाएको ‘झ्याम पारम’ गीत अहिले सबैको मुख-मुखमा झुन्डिएको देखिन्छ । गीतलाई बुधबार बेलुकासम्म १७ लाख ७५ हजार भन्दा बढी पटक हेरिसकिएको छ ।
राजेन्द्र थापाको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको यो गीतमा चार लाख भन्दा बढी त टिकटक भिडियो नै बनेको गायक तथा निर्माता ढकालले बताए ।
‘’मालती मंगले’का गीतले दर्शक-श्रोताको निकै मन जिते, खुसी लागेको छ । ‘झ्याम पारम’लाई अझ बढी रुचाउनुभएको पाइयो । फिल्मबाट पनि लगानी सुरक्षित हुने बाटोमा हामी छौँ,’’ रातोपाटीसँग उनले भने । फिल्मको शीर्ष गीत ‘सुनैको सपनी’, ‘ढुंगामाथि लेउ’, ‘चुड्का भजन’ र ‘झुटो आरोप’ गीत पनि रुचाइएका छन् ।
विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको फिल्म वैशाख २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको हो । नेपाल रिलिजको दोस्रो सातादेखि फिल्म अमेरिकाका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । हाल डालस, सान फ्रान्सिस्को, कोलम्बस, डेनभर लगायत सहरमा प्रदर्शन भइरहेको ढकालले जानकारी दिए । चाँडै युरोपेली मुलुक र जापानमा पनि रिलिज गर्ने तयारी भइरहेको उनले बताए ।
अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।
रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकालले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण