बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

यी हुन् एमालेका प्रस्तावित विभागीय प्रमुख र जनसङ्गठन इन्चार्जहरू

बिहीबार, ०७ जेठ २०८३, १५ : ५२
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • नेकपा एमालेले पार्टीका विभिन्न विभागका प्रमुख र जनसङ्गठन इन्चार्जहरूको जिम्मेवारी तोक्ने तयारी गरेको छ।
  • अध्यक्ष केपी शर्मा ओलीले विभिन्न नेताहरूको कार्य विभाजनको प्रस्तावित खाका सचिवालय बैठकमा पेस गरेका छन्।
  • प्रस्तावित खाकामा प्रदीप ज्ञवाली विदेश मामिला विभाग प्रमुख र पद्यमा अर्याल संसदीय मामिला विभाग प्रमुख जस्ता जिम्मेवारीहरू समावेश छन्।

काठमाडौँ । नेकपा एमालेले नेताहरूको कार्य विभाजन गर्दै विभागीयहरू प्रमुखहरू तोक्ने तयारी गरेको छ। शुक्रबार बस्ने सचिवालय बैठकमा नेताहरूको कार्य विभाजन गर्ने बताइएको छ । अध्यक्ष ओलीले विभिन्न नेताहरूको कार्य विभाजन प्रस्तावित खाका जेठ ४ गतेको बैठकमा प्रस्ताव गरेका छन्। 

जसमा विभागीय प्रमुख र जनसङ्गठन इन्चार्जका रूपमा विभिन्न नेताको नाम प्रस्ताव गरिएको छ । प्रस्तावित नामहरूमा प्रदीप ज्ञवाली, विदेश मामिला विभाग प्रमुख रहेका छन् भने सचिव पद्यमा अर्याल संसदीय मामिला विभाग प्रमुख छन्।

त्यस्तै सचिव हिक्मत कार्की राष्ट्रिय हित संरक्षण विभाग प्रमुख, भानुभक्त ढकाल सङ्गठन विभाग प्रमुख,डा. सूर्य पाठक प्रचार तथा प्रकाशन विभाग प्रमुख, शेरबहादुर तामाङ पार्टी स्कुल विभाग प्रमुखका रूपमा प्रस्ताव गरिएका छन्।

नेता आनन्द पोखरेल पर्यटन तथा  नागरिक उड्डयन विभाग, इन्द्र भण्डारी पार्टी सम्बद्ध प्रतिष्ठान इन्चार्ज, कल्पना चापागाईँ समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख, कर्ण थापा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख, क्रान्ति बुर्लाकोटी युवा तथा खेलकुद विभाग प्रमुख र गणेश ठगुन्ना सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुखका रूपमा ओलीले प्रस्ताव गरेका छन् ।

त्यसैगरी खेम लोहनी सहकारी तथा गरिबी निवारण विभाग प्रमुख, गोकुल बास्कोटा भूमि व्यवस्था विभाग प्रमुख, घनश्याम पाण्डे प्रवासी नेपाली मञ्च (युरोप इन्चार्ज), जितु गौतम उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख, ज्वाला साह कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख, ठाकुर गैरे खानेपानी तथा सरसफाइ विभाग प्रमुख, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख निरज आचार्य, निर्वाचन आयोग प्रमुख निरूदेवी पाल, अध्यक्ष केपी शर्मा ओली/नेशनल भोलेन्टियर फोर्स इन्चार्जका रूपमा प्रस्ताव भएका छन् ।

यसैगरी बिनाकुमार श्रेष्ठ पुस्तकालय तथा अभिलेख विभाग प्रमुख, भारती पाठक वन तथा वातावरण विभाग प्रमुख,डा. भीष्म अधिकारी वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख,रचना खड्का विज्ञान तथा प्रविधि विभाग प्रमुख, राजेन्द्र गौतम स्थानीय विकास विभाग प्रमुख र रमेश बडाल कानुन विभाग प्रमुखका रूपमा प्रस्ताव भएका छन्। 

नेतृ रामकुमारी झाँक्री सहरी विकास विभाग प्रमुख, वन्दा पाण्डे श्रम तथा रोजगार विभाग प्रमुख, विशाल भट्टराई जनसङ्गठन समन्वय संयन्त्र प्रमुख, सुशीला नेपाल सामाजिक सेवा विभाग, हेमराज राई साहित्य तथा कला संस्कृति विभाग प्रमुख, पार्वती रावल शिक्षा तथा मानवस्रोत विभाग प्रमुख रहेका छन्।

त्यसैगरी जनसङ्गठन इन्चार्जमा क्षितिज थेवे युवा फाँट इन्चार्ज,रश्मी आचार्य विद्यार्थी फाँट इन्चार्ज हरिप्रसाद घिमिरे भारत प्रवास इन्चार्ज, कृष्णभक्त पोखरेल कानुन फाँट इन्चार्ज, उर्मिला सुनुवार अपाङ्गता फाँट इन्चार्ज र जनक चौधरी मजदुर विशेष इन्चार्जका रूपमा प्रस्ताव भएका छन्।

त्यसैगरी गोरखबहादुर बोगटी भूमि अधिकार फाँट इन्चार्ज, गिरिधारीलाल न्यौपाने किसान फाँट इन्चार्ज, खेममान खड्का भूपू सैनिक तथा प्रहरी फाँट इन्चार्ज,टुकाभद्रा हमाल महिला फाँट इन्चार्ज,मनोहर बि पौडेल मुक्ति समाज इन्चार्ज,महमद हारून हलुवाई मुस्लिम इत्तेहाद इन्चार्ज, भोलानाथ पोखरेल रोहित पेसागत फाँट इन्चार्ज, भूमिका लिम्बू सुब्बा जन सांस्कृतिक फाँट इन्चार्ज, रविन्द्र अधिकारी प्रवासी नेपाली मञ्च मध्यपूर्व इन्चार्ज र मीनबहादुर शाही मानवअधिकार एलाइन्स इन्चार्जका रूपमा प्रस्ताव भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप