एमालेमा अध्यक्ष ओलीको प्रस्तावित जिम्मेवारी, कसलाई के ?
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजनसहित जिम्मेवारी प्रस्ताव गरेका छन्।
- प्रस्तावित जिम्मेवारी अनुसार उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले सुशासन र सेवा प्रवाहको जिम्मेवारी पाउनेछन्।
- महासचिव शंकर पोखरेलले सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको नेतृत्व गर्ने प्रस्ताव गरिएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजनसहित नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव गरेका छन् । एक नेताका अनुसार आफूले समग्र पार्टीको नेतृत्व गर्ने तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशासन र सेवा प्रवाहसम्बन्धी जिम्मेवारी प्रस्ताव गरेका छन् ।
अर्का नेता विष्णु पौडेललाई विभागहरूको संयोजन, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार विकास र रघुजी पन्तलाई मानव स्रोत सम्बद्ध विभागको जिम्मेवारी दिने प्रस्ताव गरेका छन् ।
सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको नेतृत्वको जिम्मा महासचिव शंकर पोखरेल तथा उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभागको प्रमुखको जिम्मेवारी प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।
उनका अनुसार उपमहासचिव रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टराईलाई नीति तथा योजनाको जिम्मा दिने प्रस्ताव आए पनि छलफल र निर्णय हुन बाँकी रहेको बताइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण