महिला फुटबल टोलीलाई जितको शुभकामनासहित मन्त्री पोखरेलले गरे बिदाइ, च्याम्पियन बन्नेमा मन्त्री पूर्ण विश्वस्त
सारांश
- शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई साफ महिला च्याम्पियनसिपमा सहभागी हुन जानुअघि शुभकामनासहित बिदाइ गरेका छन्।
- मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको र टोलीले उपाधि जित्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए।
- उनले राज्यले खेलकुद क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै सीमित स्रोतको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन्।
साफ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे। टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उनले उल्लेख गरे।
राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने उनले बताए। टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित समिश्रण रहेको प्रति खुसी व्यक्त गर्दै मन्त्रीले वरिष्ठ खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरे।
उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरेका छन्।
मन्त्री पोखरेलले भने, ‘राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन भन्नेमा म आत्मआलोचना गर्न चाहन्छु र तर उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहनेछ ।’
उनले अगाडि थपे, ‘तपाईँहरूले मैदानमा देखाउनुभएको सुधार र मेहनत तारिफयोग्य छ, आज यो हलमा देखिएको ऊर्जा र आत्मविश्वासले यस पटक हामी उपाधि जितेरै आउँछौँ भन्नेमा म पूर्ण विश्वस्त छु, मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोस्, जित अवश्य सम्भव छ र तपाईँहरू च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वागत गर्न म स्वयं उपस्थित हुने प्रतिज्ञा गर्दछु।’
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण