बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि आज निर्वाचन

शुक्रबार, ०८ जेठ २०८३, १४ : २१
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघको नयाँ वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ ।
  • महासङ्घको परिमार्जित विधानअनुसार नयाँ निर्वाचित कार्यकारिणी समितिले यी दुई महत्त्वपूर्ण पदाधिकारीहरूको चयन गर्न लागेको हो ।
  • निर्वाचन सुरु हुनुअघि महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले ६ जना कार्यकारिणी समिति सदस्यहरू मनोनीत गरेका हुन् ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ । 

महासङ्घको परिमार्जित विधानअनुसार नयाँ निर्वाचित कार्यकारिणी समितिले यी दुई महत्त्वपूर्ण पदाधिकारीहरूको चयन गर्न लागेको हो ।

el (1)

निर्वाचन सुरु हुनुअघि महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले ६ जना कार्यकारिणी समिति सदस्यहरू मनोनीत गर्ने कार्यक्रम रहेको थियो। शुक्रबार बिहान बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको हो । 

el (3)

जसमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट एक जना रहेका छन् । उनीहरूमा मनिषलाल प्रधान (ललितपुर), नवीन रिजाल (मोरङ), गोकर्ण कार्की (पोखरा) जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् । 

el (4)

यस्तै, वस्तुगत तर्फबाट कत्था उत्पादक सङ्घका शिव प्रसाद घिमिरे र महिला उद्यमी महासङ्घबाट दर्शना श्रेष्ठ मनोनीत भएका छन् । एसोसियट तर्फबाट साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् । 

el (7)

महासङ्घको विधानमा अध्यक्षले २ जना महिलासहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने प्रावधान रहेको छ । अब १ जना मनोनीत गर्न बाँकी छ । 

el (2)el (5)el (6)el (8)el (9)el (10)el (11)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप