जग्गा अतिक्रम गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने
शुक्रबार, ०८ जेठ २०८३, २१ : २०
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने भएका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता श्रेस्ता भएको नक्सा नम्बर ५ (घ) कित्ता नम्बर २६८३ (ज)को १८६२.४६ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका संरचना स्थानीयले हटाउन लागेका हुन्। उनीहरुले १५ दिनभित्र आफै जग्गा खाली गर्ने बताएका छन्।
टोल विकास संस्थाका अध्यक्ष पर्साराम वलीको अध्यक्षतामा बसेको आजको बैठकले अतिक्रमित गरी बनाईएका घरटहराहरु घरधनी आफैले खाली गर्ने निर्णय गरेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार उक्त जग्गामा नौ वटा घर निर्माण भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण