वैदेशिक रोजगार विभागको नाममा धम्की दिने र नक्कली अनुगमन गर्नेप्रति सचेत रहन आग्रह
सारांश
- वैदेशिक रोजगार विभागले विभागको नाममा धम्की दिने र नक्कली अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन आग्रह गरेको छ।
- विभागले नियमित अनुगमनका क्रममा खटिने कर्मचारीहरूलाई आधिकारिक पत्र र परिचयपत्र साथ पठाउने गरेको स्पष्ट पारेको छ।
- अनाधिकृत व्यक्ति वा फोनमार्फत धम्की दिने कार्य देखिएमा विभागका उच्च अधिकारीहरूलाई सिधै सम्पर्क गर्न सकिनेछ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको नाम लिएर फोनमार्फत धम्की दिने तथा अनाधिकृत रूपमा अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सरोकारवाला सबैमा आग्रह गरेको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि विभागले वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाहरूको नियमित अनुगमन गरिरहेको सन्दर्भमा यस्तो सूचना जारी गरिएको हो।
विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै नियमित अनुगमनका क्रममा खटिने कर्मचारीहरूलाई विभागबाट आधिकारिक पत्रसाथ पठाउने गरिएको स्पष्ट पारेको छ। यसरी अनुगमनमा जाँदा कर्मचारीहरूले आफ्नो परिचयपत्र समेत देखाएर मात्र कार्य गर्ने व्यवस्था रहेको छ।
विभागका अनुसार आधिकारिक कर्मचारीबाहेक कोही कसैले विभागको कर्मचारी हुँ भनी आधिकारिक पत्र विना अनुगमन गरेको पाइएमा, अनाधिकृत व्यक्ति अनुगमनमा संलग्न भएको देखिएमा वा फोन मार्फत विभागको नाम लिई धम्की दिएको शंका लागेमा तुरुन्त विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ। त्यस्ता गतिविधि देखिएमा विभागका उच्च अधिकारीहरूलाई सिधै सम्पर्क गरी जानकारी गराउन सकिने छ।
यस सम्बन्धी जानकारी दिनका लागि विभागले महानिर्देशकको मोबाइल नम्बर ९८५११७१६०१, उपमहानिर्देशकको नम्बर ९८५१३४२३९२ र अनुगमन तथा जीटुजी सहजीकरण शाखाका निर्देशकको नम्बर ९७६५०१३७६१ सार्वजनिक गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण