मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

नयाँ संसद् भवनबाट आगामी बजेट भाषणको तयारी (फोटो फिचर)

शनिबार, ०९ जेठ २०८३, ०९ : ४५
शनिबार, ०९ जेठ २०८३

सारांश

  • सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक सङ्घीय संसद् भवनबाट गर्ने तयारी तीव्र पारेको छ ।
  • बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ ।
  • यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प-प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो ।

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक सङ्घीय संसद् भवनबाट गर्नेगरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ । 

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । 

new samsad (2)

नेपाली संसदीय इतिहासमा एउटा ठुलो सङ्क्रमणकालीन यात्रा अब टुङ्गिने बिन्दुमा पुगेको छ । यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प–प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो । बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै २४ सै घण्टा सिफ्टमा कामदारहरू परिचालन गरिएका छन् । 

new samsad (4)

नव–निर्माणाधीन यस भवनको सबैभन्दा ठुलो आकर्षण यसको माथिल्लो गुम्बज संरचना हो । भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डवल–डेकर फलामे ट्रसको आकर्षक गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ ।

new samsad (6)

दिउँसोको उज्यालो सिधै छिर्ने गरी पारिएको यो गुम्बज संरचनाले ऊर्जा बचतमा समेत मद्दत गर्ने प्राविधिकहरूको भनाइ छ । राजनीतिक वृत्तमा पनि यस नयाँ संरचनामा बजेट भाषण गर्नुलाई नेपालको स्थायी लोकतन्त्र र राज्यको आफ्नै निर्णय क्षमताको प्रतिकका रूपमा हेरिएको छ । तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

new samsad (3)new samsad (5)new samsad (7)new samsad (8)new samsad (9)new samsad (10)new samsad (11)new samsad (12)new samsad (13)new samsad (14)new samsad (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप