चीनको कोइलाखानीमा ग्यास विस्फोट हुँदा आठ जनाको मृत्यु
चीन । उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो ।
विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ ।
स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै वेपत्ता रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।
राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित सबै प्रयास गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ ।
उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिए ।
यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको रिपोर्ट गरेको थियो ।
वेपत्ता रहेकाहरुका केहीको अवस्था “गम्भीर“ रहेको अघिल्लो रिपोर्टले जनाएको छ ।
पछिल्लो समयमा चीनमा खानीको सुरक्षामा सुधार आएको भएता पनि मनग्य सुरक्षा प्रावधानहरु अवलम्वन गर्न नसकिएकाले अझै पनि बारम्बार दुर्घटनाहरू हने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण