बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रेमिकासँग बिहे हुनुपर्ने जिद्दी गर्दै युवक चढे मोबाइल टावर, प्रहरीलाई हैरान

शनिबार, ०९ जेठ २०८३, १६ : २०
शनिबार, ०९ जेठ २०८३

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत हाथरस जिल्लाको सिकन्दराराऊ कोतवाली क्षेत्रमा एक युवक प्रेमिकाकासँग विवाह गर्ने माग राख्दै मोबाइल टावरमा चढेका छन् ।

प्रहरीका अनुसार करिब दुई घण्टाको प्रयास र परिवार तथा प्रहरीको सम्झाइबुझाइपछि उनी सुरक्षित रूपमा तल ओर्लिएका छन् । उक्त जिल्लामा एक महिनाभित्र यस प्रकारको यो दोस्रो घटना हो ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय गाउँ निवासी २३ वर्षीय सौरभ गाउँकै एक युवतीसँग प्रेम गर्थे र उनीसँग विवाह गर्न चाहन्थे । तर, युवतीका परिवार पक्ष यस विवाहका लागि तयार थिएनन् । यसै कुराबाट असन्तुष्ट बनेका सौरभ शुक्रबार साँझ करिब ५ बजे गाउँकै मोबाइल टावरमा चढेर विवाह गराइदिन माग गर्न थालेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थल पुगेको थियो । 

जिल्ला पञ्चायत सदस्य महेन्द्र सिंह, प्रहरी अधिकारी र परिवारका सदस्यहरूले करिब दुई घण्टासम्म उनलाई सम्झाउने प्रयास गरेका थिए । पछि उनका भाइ र अन्य आफन्तको आग्रह स्वीकार गर्दै उनी तल ओर्लिएका हुन् । थाना प्रभारी शिवकुमार शर्माले यो प्रेम प्रसंगसँग जोडिएको मामिला भएको बताए । युवकलाई सुरक्षित रूपमा ओरालेर कोतवाली लगिएको र आवश्यक सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए । 

हाथरस जिल्लामा एक महिनाभित्र मोबाइल टावरमा चढेर विरोध जनाएको यो दोस्रो घटना हो । यसअघि गत अप्रिल २८ मा पनि हाथरस जक्सन क्षेत्रकी एक विवाहित महिला आफ्ना प्रेमीसँग बस्न पाउनुपर्ने माग राख्दै सासनी कोतवाली क्षेत्रको लुटसानस्थित मोबाइल टावरमा चढेकी थिइन् । उनलाई पनि प्रहरी र स्थानीयले सम्झाएर सुरक्षित रूपमा तल ओरालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप