बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

शनिबार, ०९ जेठ २०८३, २३ : ४९
शनिबार, ०९ जेठ २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरे ।
  • उनी अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुनेछन् ।
  • नेपाल र रुसबीच सम्बन्ध र विकासबारे छलफल हुनेछ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन् ।

रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिए । रसियन कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ । उनले नेपाल र रुसबिचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । उनी यही जेठ १३ गते सहसंयोजक स्वदेश फर्कनेछन् ।

नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताले सहसंयोजक नेपाल र प्रवक्ता ज्वालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप