प्रधानन्यायाधीशमा शर्मा आएपछि वरिष्ठ न्यायाधीश मल्लको नाम किन हट्यो, फेरि किन राखियो ?
सारांश
- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेपछि वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको नाम न्याय परिषद् र न्याय सेवा आयोगको वेबसाइटबाट हटाइएको थियो।
- न्याय परिषद्का सूचना अधिकारीले माथिबाट स्पष्ट निर्देशन नआएकाले नाम हटाइएको बताए पनि पछि प्राविधिक त्रुटिका कारण हटेको जानकारी दिए।
- संविधान र ऐनहरूमा वरिष्ठ न्यायाधीशको स्पष्ट परिभाषा नहुँदा यो अन्योल उत्पन्न भएको छ।
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माले जेठ ५ गते मंगलबार पदभार ग्रहणपछि न्याय परिषद् र न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीशमा सपना प्रधान मल्लको नाम जेठ ६ गते बुधबार दिउँसो २ बजेसम्म राखिएको थियो ।
बुधबार २ बजेपछि भने न्यायाधीश प्रधानको नाम एकाएक हटेको थियो ।
यस विषयमा विषयमा रातोपाटीले न्याय परिषद्का सूचना अधिकारी कुवेर पाण्डेसँग प्रश्न गर्दा उनले माथिबाट स्पष्ट निर्देशन नआएकाले हटाइएको बताएका थिए । 'वरिष्ठ न्यायाधीश को हो भन्ने विषयमा प्रधानन्यायाधीशबाट स्पष्ट जानकारी आएपछि मात्रै नाम राख्छौ, पाण्डेले गत बिहीबार रातोपाटीसँग भनेका थिए ।
आइतबारबाट पुन: न्याय परिषद् र न्याय सेवा आयोगको वेबसाइटमा वरिष्ठ न्यायाधीशमा प्रधानको नाम आएपछि सूचना अधिकारी पाण्डेले यसअघि प्राविधिक त्रुटिका कारण नाम हटेको बताए । पहिला निर्देशन आएन अहिले निर्देशन आएर नाम राखिएको हो भन्ने रातोपाटीको प्रश्नमा सूचना अधिकारी पाण्डेले ‘सचिवज्यूहरूले प्राविधिक त्रुटि हुँदा नाम हटेको जानकारी दिनुभएको’ बताए ।

नेपालको संविधानको धारा १५३ मा न्यायाधीशको सरुवा, नियुक्ति, अनुशासनसम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासनसम्बन्धी विषयको सिफारिस गर्न र परामर्श दिन प्रधानन्यायाधीशको अध्यक्षतामा न्याय परिषद् हुने व्यवस्था छ । जसमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सदस्य हुने व्यवस्था छ ।
संविधानको धारा १५४ मा न्याय सेवा आयोगको व्यवस्था छ । प्रधानन्यायाधीशको अध्यक्षतामा हुने यो आयोगमा पनि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सदस्य हुने व्यवस्था छ ।
न्याय परिषद् ऐन २०७३, न्याय प्रशासन ऐन २०७३ र न्याय परिषद् नियमावली २०७४ मा वरिष्ठतम् न्यायाधीशको स्पष्ट परिभाषा भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण