फिल्म ‘लालीबजार’ ले ५ करोड बढी कमाउँदा ‘गुरुआमा’ र ‘मालती मंगले’ को कति ?
सोमबार, ११ जेठ २०८३, १५ : ०३
काठमाडौँ । फिल्म ‘लालीबजार’ ले बक्स अफिसमा ५ करोड ७६ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टका अनुसार फिल्मको आम्दानी ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस रहेको छ ।
यो अवधिमा फिल्मको टिकट १ लाख ९६ हजार ४०६ जना दर्शकले हेरेका छन् । फिल्म गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको थियो । त्यस्तै, सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ को आम्दानी भने जम्मा ५१ लाख ६३ हजार ५९३ रुपैयाँ ग्रस रहेको कमाएको छ ।
यो फिल्मको टिकट १६ हजार १३७ वटा बिकेको छ । एकै मितिमा प्रदर्शनमा आएका तीन फिल्ममा ‘गुरुआमा’ले सबैभन्दा थोरै कमाएको छ ।
यो फिल्मको आम्दानी २९ लाख ४२ हजार ५७६ रहेको छ । यो फिल्मलाई ९ हजार ३२७ जना दर्शकले हेरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण