बजेटअघि माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना मागहरू आगामी बजेटअघि नै सम्बोधन नभए आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
महासङ्घका प्रवक्ता मंगलबहादुर शाहीले सरकारसँगको वार्ता र निर्णयका लागि केही दिन पर्खिए पनि ठोस नतिजा नआए आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् ।
रातोपाटीसँगको कुराकानीमा प्रवक्ता शाहीले निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारले छलफल भइरहेको सन्देश पठाए पनि हालसम्म ठोस सम्बोधन नगरेको गुनासो गरे ।
उनले भने, ‘हामीले तीन–चार दिनदेखि सरकारको निर्णय पर्खिरहेका छौँ । यदि समयमै उचित निर्णय भएन भने हामी डिजिटल लगायत आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गर्ने तयारीमा छौँ ।’
निर्माण व्यवसायीहरूले विशेष गरी पश्चिम एसिया द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण निर्माणाधीन आयोजनामा अस्वाभाविक मूल्य वृद्धि भएको र मूल्य समायोजन म्याद थप लगायतका माग गर्दै आएका छन्।
व्यवसायीका मागहरू बजेटअघि नै निर्णय भएमा निर्माण कार्यको गति बढ्ने, व्यवसायीहरूमा आत्मविश्वास पलाउने र विकास बजेटको खर्च पनि प्रभावकारी हुने शाहीको दाबी छ ।
‘बजेटअघि नै सम्बोधन भयो भने काम गर्नेहरूलाई उत्साह मिल्छ, कामको गति बढ्छ र पुँजीगत खर्चको प्रगति पनि देखिन्छ,’ उनले थपे । गत शुक्रबार सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरकारका प्रतिनिधि, सांसद र निर्माण व्यवसायीबिच छलफल भएको थियो ।
उक्त छलफलमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निर्माण क्षेत्रको मूल्य समायोजनका लागि मन्त्रिपरिष प्रस्ताव लैजाने बाटो तय गरेको जानकारी दिएका छन् ।
साथै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि निर्माण व्यवसायीका समस्या सम्बोधन गरिने तथा निर्माण क्षेत्रको मूल्य समायोजन गरिने बताएका छन्। साथै निर्माण व्यवसायीलाई आयोजना निर्माणका काम नरोक्नसमेत आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण