मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अदालत

अध्यादेशविरूद्धका रिट संवैधानिक इजलासमा पठाउने आदेश

सोमबार, ११ जेठ २०८३, १९ : २३
सोमबार, ११ जेठ २०८३

सारांश

  • सर्वोच्च अदालतले अध्यादेशविरुद्धको रिट निवेदन दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले टुङ्ग्याउन आदेश दिएको छ।
  • अधिवक्ता गिता थापाले दिएको रिट निवेदनमा न्यायाधीश मेघराज पोखरेलको इजलासले यो आदेश दिएको हो।
  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने विषयमा संवैधानिक इजलासले नै विचार गर्नेछ।

काठमाडौँ । सर्वोच्च अदालतले अध्यादेशविरूद्ध पेस भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुङ्ग्याउनुपर्ने आदेश गरेको छ।

अधिवक्ता गिता थापाले दिएको निवेदनमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।

न्यायाधीश पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्क्योल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । 

पोखरेलको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘अध्यादेश बदरको माग धारा १३७ बमोजिम संवैधानिक इजलासको क्षेत्राधिकारभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदर मागको निवेदनसमेत उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा संवैधानिक इजलासमा पेस गर्नू ।’

aadesh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप