एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्यपदक
सारांश
- पलेशा गोवर्द्धनले ११औँ एसियाली पारा तेक्वान्दोमा कास्यपदक जितिन्।
- सेमिफाइनलमा इरानी खेलाडीसँग पराजित भएपछि पलेशा कास्यमा सीमित भइन्।
- अमीर ब्लोन र रेणु तामाङ छनोट प्रतियोगितामा सहभागी हुनेछन्।
काठमाडौँ । नेपालकी पलेशा गोवर्द्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्यपदक जितेकी छन् ।
मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्यपदक जितेकी हुन् । पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसँग पराजित भएपछि कास्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसँग चुके ।
अब अमीर र रेणु उलानबटारमै मङ्गलबारदेखि हुने आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुनेछन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुनेछन् ।
पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्वर्याङ्किङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण